लिगमा एकैदिन आठ लाख रुपियाँ !

काठमाडौं : शुक्रबार दशरथ रंगशालामा भएको थ्री–स्टार र मनाङबीचको खेलमा गेट फी (दर्शक शुल्क)बाट करिब आठ लाख रुपियाँ उठेको एन्फाको लेखा विभागले जनाएको छ । यस लिगकै सबैभन्दा धेरै दर्शक उपस्थित भएको यस खेलमा करिब आठ सयले भिआइपी र करिब ६ हजार आठ सयले सामान्य प्यारापिटमा टिकट किनेर खेल अवलोकन गरेका थिए । लेखाका अनुसार यस खेलको दर्शक शुल्कबाट थ्री–स्टार र मनाङले समान दुई लाख १५ हजार रुपियाँ पाएका छन् । सिंगल लिगमा गेट फीबाट सर्वाधिक रकम पाउनेमा मनाङ रहेको छ, जसले करिब ६ लाख रुपियाँ पाएको जनाइएको छ । गत संस्करणको भन्दा यसपटक सिंगल लिगमै गेट फीबाट दोब्बर आम्दानी भएको एन्फाको भनाइ छ । हरेक दिन हुने खेलमा गेट फीबाट उठ्ने रकमको करिब दुई तिहाइ रकम सो दिन खेल्ने क्लबलाई समानरूपमा एन्फाले वितरण गर्ने गरेको छ । (सौस)

प्रतिक्रिया