१२ किलो चरेससहित पक्राउ

कैलाली : कैलालीको अत्तरियाबाट १२ किलो चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाजुराको पाण्डुसैन घर भई कैलालीको रामशिखरझाला–८, देउकलिया बस्दै आएका ४५ वर्षीय धनलाल धामीलाई बिहीबार चरेससहित प्रहरीले पक्राउ गरेको हो । सुराकीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण इकाईको संयुक्त टोलीले अछाम चौखुट्टे होटलबाट चरेससहित धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार धामीलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । धामीले बाजुराबाट पेमा कुसाङ भन्ने व्यक्तिले चरेस ल्याएको बताएको उल्लेख गर्दै इन्स्पेक्टर सुदाम रावलले कुसाङ फरार रहेकाले खोजबिन भइरहेको बताए । (सौस)

प्रतिक्रिया