फिल्मफेयर अवार्डमा बर्फीको वर्चश्व

Vidya-Balan-n-Rekhaमम्बइ : बलिउड चलचित्र उद्योगमा हुने बिभिन्न अवार्ड मध्ये सबैभन्दा प्रतिष्ठित मानिएको फिल्मफेयर अवार्डमा चलचित्र बर्फीले आफ्नो वर्चस्व जमाएको छ । अनुराग बसुको निर्देशन रहेको बर्फीले विभिन्न सात विधामा अवार्ड हातपार्दै आफ्नो वर्चस्व जमाएको हो । मुम्बई सहरमा अवस्थित यसराज स्टुडियोमा आइतबार आयोजित ५८औँ आइडिया फिल्मफेयर अवार्डमा समारोहमा रणवीर कपुर सर्वश्रेष्ठ अभिनेता र विद्या बालन सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । कार्यक्रममा अभिनेता रणवीर कपुरलाई चलचित्र बर्फीको अभिनय र अभिनेत्री विद्यालाई चलचित्र कहानीको अभिनयका कारणले सर्वश्रेष्ठ घोषित हो ।
चलचित्र बर्फीकै अभिनयका कारणले अभिनेत्री प्रियंका चोपडा पनि छनोटमा परेकी थिइन् । बर्फीमा प्रियंकाको पनि महत्त्वपूर्ण अभिनय रहेको थियो । यस अगाडि आयोजना भएको स्क्रिन अवार्डमा पनि विद्या बालनले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै चलचित्र बर्फी सर्वश्रेष्ठ फिल्म र सञ्जय घोष सर्वश्रेष्ठ निर्देशक, प्रीतम सर्वश्रेष्ठ संगीतकार, गुलजार सर्वश्रेष्ठ गीतकार घोषित भए ।
विभिन्न सांगितिक कार्यक्रमसहित सम्मन्न उक्त समारोहमा यश चोपडालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मरणोपरान्त लाइफ टाइम अचिवमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो । (एजेन्सी)
सर्वश्रेष्ठ अभिनेता : रणवीर कपुर (चलचित्र बर्फी)
सर्वश्रेष्ठ अभिनेत्री : विद्या बालन (चलचित्र कहानी)
सर्वश्रेष्ठ चलचित्र : बर्फी
सर्वश्रेष्ठ निर्देशक : सञ्जय घोष (चलचित्र कहानी)
सर्वश्रेष्ठ गीतकार : गुलजार (चलचित्र जब तक है जान)
सर्वश्रेष्ठ संगीतकार : प्रीतम (चलचित्र बर्फी)
सर्वश्रेष्ठ गायक : आयुष्मान खुराना (चलचित्र विक्की डोनर)
सर्वश्रेष्ठ गायिका : शलमाली खोलगन्डे (चलचित्र इश्क जादे)
सर्वश्रेष्ठ सह अभिनेता : अनु कपुर (चलचित्र विक्की डोनर)
सर्वश्रेष्ठ सह अभिनेत्री : अनुष्का शर्मा (चलचित्र जब तक हे जान)
लाइफ टाइम अचिवमेन्ट अवार्ड : यश चोपडा
सर्वश्रेष्ठ कहानी : जुही चतुर्वेदी (चलचित्र विक्की डोनर)
आरडी बर्मन पुरस्कार : नीति मोहन (चलचित्र जब तक है जान)

क्रिटिस्क पुरस्कार तर्फ
सर्वश्रेष्ठ अभिनेता : इरफान खान (चलचित्र पान सिंह तोमर)
सर्वश्रेष्ठ अभिनेत्री : रिचा चड्ढा (चलचित्र ग्यांस् अफ वासेपुर)
सर्वश्रेष्ठ चलचित्र : ग्यांस् अफ वासेपुर

प्रतिक्रिया