नदीमा १५ शव फेला

लागोस : नाइजेरियाको दक्षिण–पूर्वी आनाम्ब्रा राज्यको इजु नदीमा करिब १५ व्यक्तिको शव फेला परेको छ । स्थानीय सञ्चारमाध्यमले भने फेला परेको शवको संख्या बढी हुन सक्ने जनाएका छन् । आनाम्ब्रा प्रहरी आयुक्त बाला नासारावाले आफूले १५ वटा शव देखेको बताए । केही स्थानीय सञ्चारमाध्यमले भने करिब ३० देखि ४० वटा शव नदीमा फेला परेको उल्लेख गरेका छन् । इनुगु प्रहरी आयुक्त मुसा दाउराले उक्त क्षेत्रमा जातीय संघर्ष भएको र यसै कारण उनीहरू मारिएको हुन सक्ने आशंका गरिएको छ । माझी तथा बालुवा झिक्ने मजदुरले शव फेला पारेको र त्यसको जानकारी प्रहरीलाई दिएको बताइएको छ । (एएफपी)

प्रतिक्रिया