झापा र कपिलवस्तुमा सुपारी बरामद

काठमाडौं, ७ माघ । झापा र कपिलवस्तु जिल्लामा प्रहरीले ठूलो परिमाणमा वेवारिसे सुपारी बरामद गरेको जनाएको छ ।
झापा जिल्लास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार बेलुका मेची नगरपालिका–१० बाट बेवारिसे अवस्थामा रहेको १ हजार ४ सय किलो सुपारी बरामद गरेको छ । सुपारी तस्कर भने फरार भएका छन् ।
यता, कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको गस्ती प्रहरी टोलीले शनिबार राति कृष्णनगर–१, सेमरागाँउबाट १ सय किलो सुपारी बरामद गरेको छ ।
गस्ती प्रहरी टोली पुग्दा सुपारी बोकेका व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ सुपारी छाडेर भागेको प्रहरी भनाई छ ।

प्रतिक्रिया