जातीय पहिचानको संविधान चाहिन्छः गच्छेदार

Vijaya gachhedar 3सिराहा, ६ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् गृहमन्त्री विजय गच्छेदारले तोकिएकै समयमा संविधानसभाको चुनाव हुन जरुरी रहेको बताएका छन् ।
सिरहाको लहानमा आज आयोजित कार्यक्रममा गच्छेदारले घोषणा भईसकेको दोस्रो संविधानसभाको निर्वाचन गर्नै पर्ने बताए । उनले तोकिएको समयमा निर्वाचन हुन नसके समस्या आउने बताए ।
‘नेपाली जनतालाई जातीय पहिचान सहितको संविधान चाहिएको छ,’ उनले भने, ‘संविधानसभाको चुनाव विना मधेसी जनजाति, दलितहरुको हक अधिकार सुनिश्चित हुँदैन ।’

प्रतिक्रिया