‘सरकार सर्वसत्तावादतर्फ’

काठमाडौं : कांग्रेसले वर्तमान सरकार सर्वसत्तादवादतिर उन्मुख भएको जनाएको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले सरकार सहमति र चुनाव गर्न तत्पर नभएको निष्कर्ष निकाल्दै आन्दोलनलाई सशक्त बनाउनुपर्ने निर्णय गरेको छ । सरकारका कारण सहमतीय सरकार गठन र वैशाखमा चुनाव हुने सम्भावना टर्दै गएको निष्कर्षसमेत बैठकले निकालेको छ । ‘सरकार सर्वसत्तावादतिर गइसकेपछि सहमति र चुनाव दुवै नहुने अवस्थामा आन्दोलन गर्नुको विकल्प छैन’ केन्द्रीय सदस्य शेखर कोइरालाले भने ।
यसैबीच काँग्रेसका तीनवटा भ्रातृसंगठनले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । हत्या, महिला हिंसा र भ्रष्टाचारविरुद्ध सरकार नतमस्तक रहेको निष्कर्ष निकाल्दै नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । (सौस)

प्रतिक्रिया