सेन्सरविरुद्ध ऐक्यवद्धता

बेइजिङ : चीनमा पत्रिका र समाचारमाथि लगाइएको सेन्सरका विरुद्ध सोमबारबाट सुरु भएको आन्दोलनप्रति थप समर्थन प्राप्त भएको छ । पत्रिकामाथिको सेन्सरसिपविरुद्ध चीनमा आक्कलझुक्कल आन्दोलन हुने गरेपछि यसपटकको आन्दोलनप्रति विभिन्न क्षेत्रले समर्थन जनाएका छन् ।
चीनको ग्वाङ्झाउमा सदर्न विक्लीको कार्यालयबाहिर सोमबार सेन्सरको विरोध गरिएको थियो । विरोध प्रदर्शनप्रति चीनका ब्लगर, कलाकार एवं अन्य विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तिले ऐक्यबद्धता जनाएका छन् । उनीहरूमध्ये केही सडकमै ओर्लिएका छन् भने केहीले ट्विटर अकाउन्ट र ब्लगमार्फत समर्थन गरेका छन् ।उनीहरूले प्रेस स्वतन्त्रता, संविधानवाद तथा प्रजातन्त्र माग गरेका छन् ।
बिहीबार यस पत्रिकाको नयाँ वर्षको उपलक्षमा ‘चीनमा जनताको अधिकारका लागि संविधानवादको सपना’का विषयमा लेख छाप्ने तयारी भएको थियो । तर, उक्त लेख सेन्सर गरिएको थियो । चीनको सबै आमसञ्चारले सरकारको प्रचारप्रसार विभागको निर्देशन मान्नुपर्छ र विभागले सत्ताधारी कम्युनिस्ट पार्टीको धारणाविपरीतका समाचारलाई दबाउने गरको छ । सदर्न विक्लीको लेखमा लगाइएको सेन्सरबाट उक्त पत्रिकाका कर्मचारी तथा इन्टरनेट प्रयोगकर्ताले विरोध गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा विक्लीमा ‘चीनमा जनताको अधिकारका लागि संविधानवादको सपना’ विषयको लेख प्रकाशित हुने तय भएको थियो । तर, अन्तिम समयमा लेखमाथि सेन्सर लागेको थियो । चीनको सबै आमसञ्चारले सरकारको प्रचारप्रसार विभागको निर्देशन मान्नुपर्छ र विभागले सत्ताधारी कम्युनिस्ट पार्टीको धारणाविपरीतका समाचारलाई दबाउने गरको छ । (एएफपी)

प्रतिक्रिया