काठमाडौं : १२औँ चरणको खेलमा फ्रेन्ड्ससँग पराजित भएपछि ‘ए’ डिभिजन लिग नवप्रवेशी मध्यपुर युथ एसोसिएसन जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत रेलिगेसनमा पर्ने खतरा बढ्दै गएको छ ।
मंगलबार भएको खेलमा रेलिगेसनमा पर्नबाट सघर्षरत रहेको मध्यपुर फ्रेन्ड्सविरुद्ध २–० ले पराजित हुँदा अर्को खेलमा अन्तिम समयमा गोल खाँदै संकटा बाँसबारीविरुद्ध अंक बाँड्न बाध्य भयो ।
लिगमा अब तीन खेल मात्र खेल्न बाँकी छँदा मध्यपुर १० अंकसहित पुछारबाट दुई स्थानमाथि अर्थात् १४आँै स्थानमा रहेको छ । समान खेलपछि बाँसबारीको ६ अंक छ । रेलिगेसनमा पर्ने पहिलो टोली बन्ने होडमा रहेको बौद्ध भने ११ खेलबाट एक अंक मात्र जोड्न सकेर पुछारमा छ । मध्यपुरभन्दा माथि तर नजिक रहेका टोलीमा ११ खेलबाट एपिएफले १२ अंक जोडेको छ भने १२ खेलबाट हिमालयन शेर्पाको १३ अंक छ ।
यता, लगातार तेस्रो जितपछि फ्रेन्ड्सले सुपर एट प्रवेशको सम्भावना कायमै राख्यो । डोडोज र जगजित श्रेष्ठले गोल गरेपछि प्रेmन्ड्स १९ अंकसहित तालिकामा आठाँै स्थानमा पुगेको छ । डोडोजले ५१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा जगजितले ८१औँ मिनेटमा ‘फ्रि’किकमार्फत गोल गरेका थिए । कमजोर प्रदर्शनलाई कायमै राखेको मध्यपुरका लागि गोलकिपर विकेश कुथुले भने विपक्षीलाई केही अवसरमा स्तरीयता देखाउँदै निराश बनाएका थिए ।
यता सुपर एट प्रवेशको होडमा देखिएको संकटा गोलकिपर पाएरेले अन्तिम समयमा गल्ती गर्दा धक्का बेहोर्न बाध्य भयो । श्यामबाबु मगरले ८८औँ मिनेटमा बाँसबारीका लागि बराबरी गोल फर्काएका थिए । श्यामको पहिलो प्रहार रिवाउन्ड भए पनि दोस्रो प्रयासमा उनी आपैँmले गोल गरेका थिए । यस बराबरीपछि संकटा १२ खेलबाट १७ अंक जोड्दै नवाँै स्थानमा रहेको छ । संकटासँग अंक लिए पनि बाँसबारी रेलिगेसनमा पर्ने बलियो सम्भावना छ ।
८२औँ मिनेटमा साजनले राम्रो अवसर पाए पनि उनको प्रहार साइडबारभन्दा बाहिरबाट गएको थियो । १२ चरणको यात्रामा संकटाले चार जित, पाँच बराबरी र तीन हारको नतिजा निकालेको छ । तर, पछिल्ला खेलमा उसको प्रदर्शन सन्तोषजनक भने छैन । (सौस)
प्रतिक्रिया