नौ वर्षीया बालिकालाई करणी

धादिङ, २४ पुस । धादिङ जिल्लामा नौ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दीपेश राईलाई पक्राउ गरेको छ ।
बालिकाका आफन्तको जाहेरीका आधारमा प्रहरीले दीपेशलाई आज विहान जुगेडीबाट पक्राउ गरेको जनाएको छ ।
दीपेशले शनिबार विहान नौ वर्षीया जमुना राई (नाम परिवर्तन) लाई घर नजिकै झाडीमा लगेर जवरजस्ती करण गरेको उजुरीमा उल्लेख छ । जमुनालाई ललाई फकाई दीपेशले जवरजस्ती करणी गरेको प्रहरी भनाई छ । दीपेश नौबिसे–४, जुगेडीमा बस्दै आएका छन् ।
बालिकाका आफन्तको उजुरी पछि ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले श्यामबहादुर मगरको घरमा लुकेर बसेको अवस्थामा दीपेशलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया