सौर्यकर्मी घिमिरे सम्मानित

काठमाडौं : नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले सौर्यकर्मी मनोज घिमिरेसहित चार खेलकुद पत्रकारलाई शनिबार सम्मान गरेको छ ।
संघले ईश्वरमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता सम्मानबाट अन्नपूर्ण पोस्टका रोशन राउन र गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई सम्मान गरेको छ । बुद्धिचाल खेलको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सौर्य कर्मी घिमिरेलाई र अभिलेखकृत खेलकुद पत्रकारिता पुरस्कारबाट नागरिककर्मी विनोद पाण्डेलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक सग्रहालयले प्रायोजन गरेको अभिलेखकृत सम्मान र नेपाल बुद्धिचाल संघले प्रायोजन गरेको बुद्धिचाल विकाश पत्रकारिता सम्मानको राशी पाँच/पाँच हजार रुपियाँ रहेको छ । ईश्वरमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता सम्मानको राशी जनही २५ हजार रुपियाँ रहेको छ । (सौस)

प्रतिक्रिया