२६ पुगिन् दीपिका

मुम्बई : चलचित्र ओमशान्ति ओमबाट बलिउड चलचित्रमा अभिनयको पाइला बढाएकी अभिनेत्री दिपीका पादुकोणले आफ्नो २६आँै जन्म दिन मनाएकी छीन् । उनले शनिबार आफ्नो जन्म दिन आफ्ना नजिककका आफ्न्तसँग मनाएकी हुन् ।
पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल यी अभिनेत्रीको जन्म भने डेनमार्कको कोपनहेनगमा भएको हो । पहिलो चलचित्र ओम शान्ति ओमबाट नै बलिउड चलचित्र क्षेत्रको महत्त्वपूण अवार्ड मानिने फिल्मफेयर अवार्डमा उनले उत्कृष्ट नव अभिनेत्रीको अवार्डसमेत हात पारेकी थिइन् । चलचित्र अभिनय सुरु गर्नु अगाडि विज्ञापन र मोडलिङमा समेत आफूलाई चिनाएकी पादुकोण अहिले बलिउडकी र्चिर्चत नायिका छिन् । केही समयअगाडि नायक रणवीर कपुरसँगको प्रेम र रोमान्सका कारणले चर्चामा रहेकी दीपिकाको अभिनय करियर भने २०१२ मा त्यति उपलब्धिमूलक रहेन । चलचित्र अभिनयका हिसाबले यो वर्ष त्यति सफल नमानिए पनि सन् २०१३ मा भने उनका ४ चलचित्र प्रदर्शनको तयारीमा छन् ।

प्रतिक्रिया