मध्यपुर र मनाङ विजयी

काठमाडौं : बौद्धलाई ३–० ले पराजित गर्दै मध्यपुर युथ एसोसिएसन रेलिगेसन क्षेत्रभन्दा माथि उक्लेको दिन शुक्रबार सहिद स्मारक ए डिभिजनको अर्को खेलमा जित हात पार्दै मनाङ मस्याङ्दीले शीर्षस्थानको थ्री–स्टारसँगको अंक दूरी दुई अंकमा छोट्याएको छ ।
११ चरणको खेलपछि मध्यपुर १० अंकसहित तालिकामा १३ औँ स्थानमा छ । त्यति नै खेल खेल्दै बौद्ध एक अंकका साथ पुछारमा छ । ११ खेलबाट बाँसबारीको ५ र १० खेलबाट एपिएफको ९ अंक छ । बाँसबारीलाई ४–२ ले पराजित गर्दै मनाङ ११ खेलपछि २४ अंक जोड्न सफल भएको हो । (सौस)

प्रतिक्रिया