ग्याङरेपको विषयमा चलचित्र बन्ने

चेन्नाई : दिल्लीमा चल्ने बसमा हुने गरेका युवतीको सामूहिक बलात्कारको अर्थात् ग्याङरेपको विषयमा चलचित्र निर्माण हुने भएको छ । यस विषयलाई लिएर कुनै बलिउड चलचित्र निर्माण हुन लागेको भने होइन । तेलगु निर्देशक रमन्ना गदमले यस विषयलाई लिएर तेलगु चलचित्र निर्माण गर्न लागेका हुन् । निशा नाम राखिएको चलचित्रको अहिले निर्माणको तयारी भइरहेको छ ।
घटनाका विषयमा चलचित्र निर्माण गरेर सरकार र जनतालाई आफूले सन्देश दिन खाजेको निर्देशक गदमले बताए । उनले भने, ‘चलचित्र बनाउनुको उद्देश्य क्रूरतापूर्ण घटनालाई चर्चामा ल्याउनु भने होइन । यस्ता प्रकारका घटनालाई हल्का रूपमा नहेरी घटनाका दोषीलाई कडा सजाय हुनुपर्ने सन्देश चलचित्रमा समेट्न लागेको गदमले खुलाए । उनले आफूले निर्माण गर्न लागेको चलचित्र पूरै २३ वर्षीय पीडितमा आधारित नहुने दाबी गरे । चलचित्रको छोटो प्रसंग यो घटनासँग जोडिए पनि चलचित्र पूर्णरूपमा मनोरञ्जनात्मक बनाउने उनले बताए । सो चलचित्र जे धनराजले निर्माण गर्न लागेको एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया