काउन्सील अध्यक्षका लागि मधेसी पत्रकारबीच दौडधुप

काठमाडौं, १६ पुस । प्रेस काउन्सीलमा अध्यक्ष पदको नियुक्तिलाई लिएर मधेसी पत्रकारहरुबीच द्वन्द्व सृजना भएको छ ।
सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले बीबीसीका पत्रकार बृजकुमार यादवको नाम क्याविनेटमा लगे पनि प्रधानमन्त्री बाबुराम भट्टराईले असहयोग गरे पछि नियुक्ति प्रकरण विवादमा परेको स्रोतले जनाएको छ ।
काउन्सीलको अध्यक्षका लागि अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार धर्मेन्द्र झा, मधेसवाणीका सम्पादक राजेश अहिराज र बीबीसीका पत्रकार यादव मन्त्रीका तर्फबाट छानिएका थिए । प्रधानमन्त्रीको तर्फबाट नरेन्द्रजंग पिटर र मनऋषि धितालले समेत आफ्नो उपस्थिति जनाएका छन् ।
काउन्सीलको अध्यक्षa पदका लागि दौडमा रहिरहँदा मधेसवाणीका सम्पादक राजेश अहिराजले मन्त्री यादवको आसपासमा बाक्लै चक्कर लगाउने गरेको स्रोतको भनाई छ । मन्त्री यादवलाई अध्यक्षमा नियुक्त गर्न दवाव दिन उनले मधेसवादी दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव, अनिल झा, राजेन्द्र महतोलगायत सम्म कुरा पुराएका छन् ।
उनले दवाव श्रृजना गरे पनि मन्त्रालयमा बृजकुमार यादवकै नाम अग्रस्थानमा रहेको स्रोतले जनायो ।
आफ्नो नाम काउन्सीलको अध्यक्ष पदबाट बाहिरिए पछि अहिराज मन्त्री यादव विरुद्ध खनिन लागेका छन् । उनले आफू निकट पत्रपत्रिकामा विरुद्धमा समाचार प्रकाशित गर्न थाले पछि मन्त्री यादव झन् रुष्ठ भएका हुन् ।

अहिराजलाई राजाको शासनकालमा नेपाल पत्रकार महासंघले कारवाही समेत गरिसकेको छ । उनले राजाको कदमको स्वागत गरेका थिए ।

प्रतिक्रिया