नयाँ पार्टीको घोषणा

काठमाडौं : ‘बहुल राष्ट्रवाद पहिचानका लागि सामाजिक लोकतन्त्र : समानताका लागि विविधतामा एकता, शान्ति र समृद्धि’ भन्ने नाराका साथ सामाजिक लोकतान्त्रिक पार्टी गठन गरिएको छ ।
समानताका आधारमा पार्टीको अध्यक्ष रहने व्यवस्थासहित अध्यक्ष मण्डलको घोषणा आइतबार गरिएको पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अध्यक्ष मण्डलमा चैतन्य सुब्बा, कृष्णबहादुर भट्टचन, कुमार राई, महेन्द्र लावती, बमकुमारी बुढा, दलमर्दन कामी, निमा ग्याल्जेन ह्योल्मो र ज्योति दनुवार छन् । अरू राजधानीबाहिर रहेकाले थप पदाधिकारी र केन्द्रीय सदस्यको नाम सार्वजनिक नगरिएको सुब्बाले जानकारी दिए ।
प्रमुख राजनीतिक दलहरूले देश र जनताको समस्या समाधान गर्न नसकेको र जनताको आन्दोलनबाट प्राप्त उपलब्धि धरापमा पारेकाले नयाँ पार्टी घोषणा गरिएको शेर्पाले बताए । (सौस)

प्रतिक्रिया