गुरुङ समुदाय ‘ल्होछार’ मनाईदै

काठमाडौं, १५ पुस । गुरुङ समुदायको विशेष पर्व ल्होछार आज मुलुक भरि विभिन्न हर्सोल्लासका साथ मनाईदै छ ।
नेपालका आदिवासी गुरुङ अर्थात ‘तमु’ समुदायले ‘ल्होछार’लाई नयाँ वर्षका रुपमा पनि मनाउँने गर्छन । आजका दिन गुरुङ समुदायमा शुभकामना आदान प्रदान गर्नुका साथै मीठोमसिनो खाने परम्परा छ ।
यसै अवसरमा राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतले गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।
उनीहरुले विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातीको साझा पूmलबारीका रुपमा रहेको नेपाल राज्यमा सबैका आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको जनाएका छन् ।

‘सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ,’ सभापति कोइरालाले भनेका छन्, ‘यो पहिचानलाई सधैं अक्षुण्य राखेर, हामीले आपसमा एकता, मेलमिलाप र सौहार्दता बढाउँदै लग्नु पर्छ ।’
देश अत्यन्त जटिल समस्याहरुबाट जेलिएको सभापति कोइरालाले जनाएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई सबैले आ–आफ्नो क्षेत्रबाट पूरा गर्नु पर्ने आवश्यकता छ,’ उनले भने ।

प्रतिक्रिया