दलहरु सहमतिबाट टाढाः थापा

धनकुटा, १४ पुस । कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दलहरुकावीच राजनीतिक सहमति गर्ने दुरी टाढिँदै गएको बताएका छन् ।
नेपाल प्रेस युनियनले आज धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दलहरुकै कारण वहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘दलहरुवीच सहमति हुने सम्भावना टरेर गएको छ ।’
उनले एमाओवादी निर्वाचन गर्ने पक्षमा नरहेको आरोप पनि लगाए । निर्वाचनमा जाँदा पराजित हुने डरले गर्दा एमाओवादीले वैशाखमा चुनाव नचाहेको उनको भनाई थियो ।

प्रतिक्रिया