राजा बीरेन्द्रलाई स्मरण गरिँदै

काठमाडौं, १४ पुस । पुस–१४ गते अर्थात आज दिवंगत राजा बीरेन्द्र शाहको ६८ औं जन्मजयन्ती समर्थकले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।
६८ वर्ष अगाडि २००२ साल पुस–१४ गते अर्थात आजकै दिन बीरेन्द्रको जन्म भएको थियो । उनी नेपाली जनताका बीचमा विकासप्रेमी राजाका रुपमा चिनिन्छन् ।
२०५८ साल जेठ–१९ गतेको राजदरबार हत्याकाण्डमा उनको वंशनस भएको थियो ।
२०४६ सालको जनआन्दोलनपछि लेखिएको नेपाल अधिराज्यको संविधान २०४७ मार्फत मुलुकलाई संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रतर्फ डोराउन उनको भूमिका महत्वपूर्ण मानिन्छ ।
उनको २०२२ सालमा ऐश्वर्य शाहसँग विवाह भएको थियो । दुई छोरा युवराज दीपेन्द्र, अधिराजकुमार निराजन तथा एक छोरी अधिराजकुमारी श्रुति रहेका थिए । दरबार हत्याकाण्डमा उनीहरुको पनि मृत्यु भएको हो ।

प्रतिक्रिया