अब पुनःस्थापनामा जानु पर्छः यादव

चितवन, १३ पुस । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले पुस–२५ गतेभित्र दलहरुका बीच सहमति नजुटे प्राप्त उपलब्धी गुम्ने खतरा रहेको चेतावनी दिएका छन् ।
चितवनमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले २५ गते अगावै सहमति नबने संविधानसभा पुनःस्थापना गर्नुपर्ने बताए । ‘अबको विकल्प भनेको संविधानसभा पुनःस्थापना मात्रै हो,’ उनले भने ।
उनले सहमतिका नाममा वर्तमान सरकारले विपक्षीसामु आत्मसमर्पण नगर्ने पनि बताए । सहमतिका लागि विपक्षी दलहरुले अघि सारेका अडान आफूहरुलाई स्वीकार्य नहुने उनको भनाई थियो ।
‘वर्तमान सरकार कानून सम्मत गठन भएको छ,’ उनले भने, ‘यो सरकार सडकबाट भन्दैमा हट्दैन ।’ उनले सरकार कसैको आशीर्वाद वा कृपाले गठन नभएको बताए ।
उनले सरकार वैशाखमा निर्वाचन गराउन प्रतिबद्ध रहेको दोहराए । ‘उनीहरुको कुरा मान्दा सहमति, नमान्दा बिमति, यो कहाँको नियम हो,’ यादवको भनाई छ ।

प्रतिक्रिया