बाख्रा पालनबाट स्वालम्बन बन्दै

 

नेपालगन्ज : बाँके चिसापानी गाविसका महिला बाख्रापालन व्यवसायमा सहभागी भएपछि आर्थिक रूपमा स्वावलम्बी भएका छन् । जिल्ला पशुसेवा कार्यालयले त्यस गाविसका महिलाको ‘बाख्रा पैँचो समूह’ गठन गरी समूहका प्रत्येक सदस्यलाई तीन/तीन बाख्रा उपलब्ध गराएपछि आर्थिक पक्षमा पनि उनीहरूको पकड भएको छ ।
बाख्रा पैँचो लिने सदस्यले दुई वर्षको अन्तरालमा दुई बाख्रा समूहका अन्य महिलालाई दिनुपर्ने नियम निर्धारण गरी सो गाविसका ३, ४ र ५ वडाका ५० जना महिला अहिले कार्यक्रममा सहभागी भएका छन् । दुई वर्षअघि बाख्रा पैँचो लिएर अहिले नौ बाख्राकी धनी सो गाविस—५ की राधिका बूढा मिलेर काम गरेपछि सफल भइनेरहेछ भन्ने मानसिकताको विकास महिलामा भएको बाउँछिन् । (सौस)

प्रतिक्रिया