फोरम गणतान्त्रिकको विवाद यथावत

काठमाडौं, १० पुस । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव आत्मरामप्रसाद साहले निर्वाचन आयोगले कानून र ऐनलाई मिचेर पार्टीको आधिकारीकताको विषय टुङग्याउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले आयोग सरकारको प्रभावमा परेर गैरकानूनी काम गर्न लागेको आरोप लगाए । महासचिव साहले ऐन र कानूनी प्रक्रिया मिचेर आफूहरु विरुद्ध लागेको बताए । ‘हामीले बहुमत सदस्यको हस्ताक्षर पुराउँदा समेत आयोगले पुनः बहुमत सिद्ध गर्न चुनौती दिएको छ,’ उनले भने ।
सूचना तथा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले फोरम गणतान्त्रिकमा आफ्नो बहुमत रहेको दाबी आयोगमा गरे पछि असन्तुष्ट समूहले आफूहरुलाई अन्याया भएको जनाएको छ । फोरम गणतान्त्रिक विभाजन भई सकेको छ ।

प्रतिक्रिया