सकियो सहकारी महोत्सव

काठमाडौं, ९ पुस । अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ का अवसरमा ललितपुर बचत तथा ऋण सहकारी संघको संयोजन १३ वटा सहकारी संस्थाले आयोजना गरेको ‘ललितपुर सहकारी महोत्सव–०६९’ आइतबार सकिएको छ ।

पुष ६ देखि सुरु भएको महोत्सवमा डेढ लाखद्वारा अवलोकन गरिएको संघका उपाध्यक्ष रामशरण बस्नेतले जानकारी दिए । सहकारी महोत्वस सफल र ऐतिहासिक भएको आयोजकको दाबी रहेको छ । महोत्सवमा उल्लेखनी रूपमा सहकारीकर्मी र स्थानीयको सहभागिता रहेको बस्नेतले बताए । महोत्सवमा सहभागीले सहकारीबाट भएको कामको प्रशंसा गरेको उनको भनाइ छ । महोत्सवमा सहकारीबाट उत्पादित चिया, कफी, दुग्धपदार्थ, घरेलु सामान र सहकारी सूचना केन्द्रका लागि २१ वटा स्टल राखिएको थियो । त्यस्तै, सहकारी सदस्यबाट उत्पादित हस्तकला सामग्रीको बिक्री वितरणका लागि ५४ वटा स्टल रहेको थियो ।
सहकारी संस्थाको आर्थिक, सामाजिक र साँस्कृतिक कार्यक्रमबारे जानकारी दिने, ललितपुर सहरका कलात्मक एवं परम्परागत बाजा, नृत्य र कलाको प्रदर्शनी गरी साँस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले सहकारी महोत्सव आयोजना गरिएको थियो । संस्थाका सदस्यद्वारा उत्पादित हस्तकलाका सामान काष्ठकला, धातुमूर्तिकला, प्रस्तरकला, चित्रकला र घरेलु उद्योगद्वारा उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री वितरण तथा बजारीकरण गर्ने, खाद्य महोत्सव गरी परम्परागत खाद्य परिकारको परिचय तथा जगेर्ना गर्ने, सहकारीका जानकारीमूलक सूचना, संस्थाका सदस्यबाट उत्पादित सामग्रीलाई परिचित गराउने महोत्सवको प्रमुख उद्देश्य रहेको थियो । स्कोप, पद्मावती, शाक्य पुच:, दीपावती, रत्नाकर, यशोधर, परम्परागत, सम्यक्, मओपेमुका, वसुवर्ण, मयूरवर्ण, ज्वेल्स बचत तथा ऋण सहकारी संस्था र झी बहुउद्देश्यीय सहकारी संस्थाले महोत्सवको आयोजना गरेका थिए ।

प्रतिक्रिया