डिजेल र मट्टितेलको मूल्य बृद्धि

काठमाडौं, ७ पुस । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा दुई रुपियाँ वढाएको छ । पेट्रोलमा भने प्रति लिटर दुई रुपियाँ घटाएको छ ।
आजै बाट लागू हुने गरेर निगम सञ्चालक समितिले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ वढाएको हो । अब देखि डिजेल र मट्टितेललाई प्रतिलिटर ९९ सय रुपियाँ तिर्नु पर्ने छ ।
अन्तर्राष्ट्रिय मूल्य अनुसार पेट्रलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
पेट्रोल प्रति लिटर १ सय २३ रुपियाँ तिनुपर्ने छ । यस अघि पेट्रोल एक सय २५ रुपियाँ थियो ।

प्रतिक्रिया