एमाओवादीको बैठक स्थगित

काठमाडौं, ६ पुस । एकीकृत माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक भोलि शनिबार सम्मका लागि स्थगित भएको छ ।
काठमाडौंस्थित होटेल रोयल सिंघेमा आज बसेको बैठकमा सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल भएको हो । धारणा राख्ने सदस्यले दुबै पक्षमा अलग अलग धारणा राख्न थाले पछि विवाद चर्किने देखेर बैठक स्थगित गरिएको स्रोतको भनाई छ ।
बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउँन भईरहेको प्रयासहरुका बारेमा जानकारी गराईएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीले जे निर्णय गरे पनि एक रुपता हुनु पर्ने बताए ।
अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईबीच कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउँने विषयमा विवाद सार्वजनिक हुन थाले पछि केन्द्रीय कार्यालयको विस्तारीत बैठक बसेको हो ।
बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, ब्यूरो प्रमुख, राज्य समितिका पदाधिकारी र विघटित स्थायी समितिका सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया