विद्यार्थी आठ महिनासम्म पुस्तक विहीन

दैलेख, ४ पुस । दैलेख जिल्लामा शैक्षिकसत्र सुरु भएको ८ महिनासम्म पनि पुस्तक नपाए पछि विद्यार्थीले महेन्द्र उच्च माध्यामिक विद्यालय सोतमा तालाबन्दी गरेका छन् ।
विद्यालयमा शिक्षक उपस्थित नहुँने तथा पढाई अवरुद्ध हुन लागे पछि आक्रोशित विद्यार्थीले विद्यालयमै तालाबन्दी गरेका हुन् । विद्यालयका कक्षा एक देखि दश सम्मका विद्यार्थीले पठनपाठनमा सुधार तथा पुस्तक उपलब्ध गराउन माग गरेर तालाबन्दी गर्नु परेको जनाए ।
नयाँ शैक्षिकसत्र आउँनै लाग्दा समेत दैलेखको महेन्द्र माविमा किताव नपुगे पछि अभिभावक पनि आक्रोशित भएका छन् ।
जिल्ला शिक्षा कार्यालयका लेखापाल तेजबहादुर थापाले विद्यालयले किताव नपुगेका बारेमा कुनै जानकारी नगराएको बताए । उनले भने, ‘विद्यालयमा किन पुस्तक पुगेन त्यस बारेमा छानविन हुँन्छ ।’

प्रतिक्रिया