सत्तासँग संविधान साट्दैनौं : नेता केसी

काठमाडौं, ४ पुस । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले संविधानका अन्तरवस्तुमा सहमति गरेर सत्ता पाउने सर्त मान्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले अहिले नै संविधानका अन्तरवस्तुमा सहमति गर्नु भनेको जनताको अपमान हुनु सरह रहेको टिप्पणी गरे ।
‘अहिले आएर चार वर्षमा हुन नसकेको संविधानका अन्तरवस्तु माथिको सहमति चार दिनमा खोजेर हुँदैन,’ उनले भने, ‘त्यस्तो गर्नु भनेको निर्वाचनबाट भाग्ने षडयन्त्र मात्रै हो ।’
नेता केसीले पुस पहिलो साताभित्र सहमति हुन नसके जेठको पहिलो सातासम्म पनि निर्वाचन हुन नसकने बताए ।
एमालेका नेता रघुजी पन्तले संविधानसभामा विगतमा भएका सहमति मान्न सकिए पनि त्यसलाई स्वीकार्न नसकिने बताए । उनले भने, ‘विगतका सहमति मान्नु पर्ने बाध्यता छैन ।’

प्रतिक्रिया