जातीय पार्टीहरूद्वारा ६ बुँदे माग

काठमाडौं : पूर्वीक्षेत्रमा क्रियाशील विभिन्न जातीय पार्टीहरूले भूमिगत आन्दोलनको चेतावनीसहित सरकारसमक्ष ६ सूत्रीय माग अघि सारेका छन् ।
ती पार्टीहरूले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी माग पूरा नभए भूमिगत आन्दोलन गर्ने चेतावनी दिएका छन् । चेतावनी दिनेमा संयुक्त जातीय मुक्तिमोर्चा नेपाल, किराँत जनवादी वर्कस पार्टी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, मंगोल डेमोक्रेटिक पार्टी, मंगोल मूलवासी पार्टी, नेपाल राष्ट्रिय मूलवासी महासंघ, संयुक्त राष्ट्रवादी जातीय मुक्तिमोर्चा, नेपाल वल्लो किराँत कोइँचवान, नेपाल मुक्तिमोर्चा, लिम्बूवान स्टेट फोर्स र ताम्सालिङ स्वायत्त राज्यपरिषद् छन् । उनीहरूले प्रेस, नागरिक तथा लोकतान्त्रिक स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, कृत्रिम अभाव र महँगी बढाई जनताको ढाड सेक्ने काम तत्काल बन्द गर्नुपर्ने, संविधानसभाको नयाँ चुनावको बहानामा संक्रमणकाल लम्ब्याएर सत्ताकब्जा रणनीति रोक्नुपर्नेलगायत माग गरेका छन् । (सौस)

प्रतिक्रिया