कवि भूपी शेरचनका ५ तथ्य

समीक्षक प्रकाश सायमीले आफ्नो फेसबुक स्ट्याटसमा कवि तथा गीतकार भूपी शेरचनलाई यसरी सम्झिए :
१. भूपी शेरचन कविताजत्तिकै उद्घोषण पनि जोडदार गर्थे ।
२. भूपीका निकट मित्र थिए, संगीतकार अम्बर गुरुङ जसलाई उनी अम्बर भन्थे । साहित्यकार शंकर लामिछाने, जसलाई उनी शंकर दाइ भन्थे र गायक नारायणगोपाल, जसलाई उनी सान्बाबु भन्थे ।
३. भूपी शेरचनको शब्दमा आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् गायिका अरुणा लामाले । आज यहाँ यौवन उदास उदास छ , आज वसन्त निराश निराश छ बोलको गीत थियो त्यो ।
४. भूपी शेरचनको देहान्तपछि दुई ठाउँमा उनको सालिक बन्ने तय भयो तर दुवै ठाउँमा सालिक बन्न सकेन : साहित्यको राजधानी भनिने पोखरा अनि काठमाडौंको नारायणचौरमा ।
५. गीतकारका रूपमा भूपी शेरचनको एउटा नराम्रो बानी निकै प्रसिद्ध छ, उनी एउटै गीत बीसौँ जनालाई संगीत गर्न दिन्थे । उनको अन्तिम गीत ‘कालको हातमा राखी जिन्दगी’ बोलको गीत नातिकाजी, अम्बर गुरुङ, शुभबहादुर , दीप श्रेष्ठ आदि सबैलाई संगीत गर्न दिएका थिए । अनि, एकदिन सबैलाई आफ्नो घरमा बोलाएर सबैको गीत सुने तर कसैले पनि पछि त्यसलाई रेकर्ड गर्न चाहेनन् ।

प्रतिक्रिया