एकदेव र नेहाको सहकार्य

काठमाडौँ । युवा पुस्तामाझ चर्चित गायक एकदेव लिम्बूले चर्चित भारतीय गायिका नेहा कक्करसँग सांगीतिक सहकार्य गरेका छन् । उनीहरूको सहकार्य रहेको गीत ‘झिम झिम’ को रोमान्टिक टिजर बुधबार युट्युब प्लेटफर्ममा सार्वजनिक भएको छ ।

४१ सेकेन्डको टिजरमा हिन्दी र नेपाली गीतको मिश्रण छ । नेहा कक्करले हिन्दीमा गाएकी छन् भने एकदेवले ‘झिमझिमाउने आँखा’ लाई नेपालीमा गाएका छन् ।

भिडिओको लोकेसन भव्य र आकर्षक देखिन्छ । विवाहको सेटिङमा भिडिओ तयार पारिएको छ । भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन् । निर्देशक स्नेहा शेट्टी कोहली हुन् । गीतको पूरा भिडिओ २७ जुन शुक्रबार आउनेछ ।

एकदेवको पछिल्लो गीत ‘झिम झिमाउने आँखा’ विश्वव्यापी चर्चामा रहेको थियो । जसलाई ६ महिनामै युट्युबमा ३ करोड २२ लाखभन्दा बढी पटक हेरिएको छ ।

प्रतिक्रिया