केकी २ वटा चलचित्र बनाउने तयारीमा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले २ वटा चलचित्र निर्माणमा जुटेकी छन् । उनले निर्माण गर्ने चलचित्रको नाम ‘भद्रकाली’ र ‘राधा पियारी’ राखिएको छ ।

यी २ चलचित्र उनको आफ्नै होम प्रोडक्सन केकी अधिकारी चलचित्र प्रालिबाट निर्माण हुन लागेको हो । चलचित्र विकास बोर्डबाट चलचित्रका लागि उनले निर्माण इजाजतसमेत लिइसकेकी छन् ।

बोर्डमा दर्ता गर्दा उनले ‘भद्रकाली’को निर्मातामा आफ्नै नाम राखेकी छन् । बिम्ब अधिकारीले निर्देशन गर्ने चलचित्रमा केकी र बिम्ब नै कलाकारको रूपमा उल्लेख गरिएको छ । त्यस्तै ‘राधा पियारी’को पनि निर्माता उनी आफैँ हुन् । सञ्जय चौलागाईंको निर्देशन रहने चलचित्रमा कलाकारको नाममा केकी र बिम्बकै नाम राखिएको छ ।

प्रतिक्रिया