फुटबल क्लबलाई वेश्यालयको प्रायोजन

विभिन्न कम्पनीहरूले आफ्ना उत्पादनको प्रचारका लागि विज्ञापन गरेको त सुनिएकै हो । तर ग्रिसमा भने एउटा वेश्यालयले ‘सेक्स’ को प्रचार सुरु गरेको छ । यसका लागि सो वेश्यालयले फुटबल क्लबको सहारा लिएको छ । क्लबका खेलाडीहरू सेक्सको प्रचार गरिएको टिसर्ट लगाएर वेश्यालयको प्रवद्र्धन गरिरहेका छन् ।
त्यसो त क्लब आफैँमा पनि बाध्यतामा रहेको बताउँछ । आर्थिक हालत बिग्रँदै गएपछि अस्तित्वरक्षाका लागि वेश्यालयको प्रायोजन स्वीकार्नुपरेको क्लब पदाधिकारीले उल्लेख गरेका छन् । विला इरोटिका नामक स्थानीय वेश्यालयले बुकेफ्लास एफसी क्लबलाई प्रायोजन गरेको हो । क्लबका खेलाडीहरू सेक्सलाई प्रवद्र्धन गर्ने गरी लेखिएका गुलाबी टिसर्ट लगाएर मैदान उत्रने गरेका छन् । सुन्नेहरू थुप्रैले लाजले मुख छोप्लान् तर टिमका कोच इयानिस बात्जियोलास भने यसमा लाज मान्नुपर्ने कुनै कुरा नरहेको बताउँछन् । उनले आफ्नो बचाउ गरे– ‘अरू व्यावसायिक फुटबल क्लबहरूलाई हेर्नुस्, त्यहाँ त रक्सीले प्रायोजन गरेको हुन्छ । मेरो विचारमा रक्सीको प्रवद्र्धन सेक्सभन्दा धेरै बढी अनैतिक हो ।’ वेश्यालयकी मालिक्नीको कदमप्रति आफूलाई गर्व लागेको उनले प्रस्ट्याए– ‘उनले हाम्रो फुटबल खेल्ने चाहना पूरा गरिदिएकी छन् ।

प्रतिक्रिया