समाजवादी कलाकारको बृहत् सांस्कृतिक कार्यक्रम

काठमाडौं :  समाजवादी कलाकार संघको आयोजनामा राजधानीको प्रज्ञाप्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । समाजवादी कलाकार संघका अध्यक्ष विशाल विष्टको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न कलाकारले नृत्य एवं गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायिका अञ्जु पन्त, गायक सपन श्रेष्ठ, गुरुदेव कामद, केशव झा, भोजपुरी गायक आभास लाभ आदिले गीत प्रस्तुत गरेका थिए भने विशाल विष्ट, गरिमा पन्त, यशराज, अनु शाह, रागिनी खड्गी, भोजपुरी नायिका डोली सरकार, असिस्मा नकर्मी, निता पोखरेल, भारतीय टेलिभिजनको रियालिटी सोमा समेत भाग लिएका नरेश विक्रम सिंह, बुगीबुगीका दीपक परियारलगायतले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
व्यावसायिक र सामाजिक दायित्वसहितको कलाकारिता भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा लामो समयदेखि नेपाली रंगमञ्च र चलचित्र र संगीतमा योगदान पुर्‍याएका कलाकार मदनदास श्रेष्ठ, सुभद्रा अधिकारी, शम्भुजित बाास्कोटा र राजु सिंहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । (सौस)

प्रतिक्रिया