अभिनेता शाहलाई जुरी र निर्देशक अधिकारीलाई कृटिक्स अवार्ड

कठमाडौं, २५ मंसिर । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहलाई जुरी अवार्ड प्रदान गरिएको छ । आइतबार साँझ नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न ‘फिल्मी खबर डिजिटल फिल्म अवार्ड ०६९’ मा शाहलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्डपछि बोल्दै अभिनेता शाहले राष्ट्र र राष्ट्रियताका विषयमा आगामी दिनमा पनि चलचित्र निर्माण गर्ने बताए । सोही कार्यक्रममा निर्देशक कलाकार आकाश अधिकारीलाई क्रिटिक्स अवार्ड तथा निर्देशक दिपेन्द्र के खनाललाई पब्लिक च्वाईस अवार्ड प्रदान गरिएको छ । दर्शकको मतका आधारमा यो अवार्ड बाँडिएको थियो ।
मनोरन्जनात्मक साप्ताहिक पत्रिका फिल्मी खबर साप्ताहिकको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चलचित्रका विभिन्न शीर्षकमा ३१ विधाका साथमा जुरी अवार्ड, क्रिटिक्स अवार्ड, पब्लिक च्वाईस अवार्ड गरी ३४ विधामा अवार्ड बाँडिएका थियो । अवार्डमा उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिकासहित चलचित्र अन्दाजले सात विधामा अवार्ड हात पारी सर्वाधिक अवार्ड जित्न सफल चलचित्र भएको छ ।
उत्कृष्ट चलचित्रको अवार्ड पनि फार मुभिजले निर्माण गरेको चलचित्र ‘अन्दाजले’ जित्यो भने उत्कृष्ट निर्देशक अन्दाजबाट नै उज्वल घिमिरे र उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र लुटबाट सौगात मल्लले हात पारे ।
चलचित्र फर्की आऊबाट ओम प्रतीकले उत्कृष्ट सहअभिनेता र मसानबाट नीता ढुंगानाले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड आफ्नो पोल्टामा परे । उत्कृष्ट नवनायिका चलचित्र चपली हाइटबाट विनीता बराल र नवनायकको अवार्ड चलचित्र सायदबाट संयम पुरीले जिते । उत्कृष्ट संगीतकार चलचित्र सम्झीराख हैबाट दीपक शर्मा, उत्कृष्ट पाश्र्व गायक हाम्रो माया जुनी जुनीलाईबाट राजेश पायल राई र उत्कृष्ट पाश्र्वगायिका मान्डवी त्रिपाठीले अन्दाजबाट अवार्ड हात पारे । उत्कृष्ट खलपात्र रावणबाट कमलकृष्ण पौडलले र उत्कृष्ट केमियोमा दुलही रानीबाट राजेन्द्र खड्गीले अवार्ड आफ्नो पोल्टामा पारे भने उत्कृष्ट हास्यकलाकार सायदबाट विल्सन विक्रम राई र उत्कृष्ट गीतकार बाबुराम दाहाल फर्की आऊबाट घोषित भए ।
कार्यक्रममा कलाकार नीर शाह, दीपकराज गिरी, रोज राणा, अनु शाह, सुमिना घिमिरे, जीवन लुईंटेल, नागेन्द्र रिजाल, दीपाश्री निरौलालगायत चलचित्रका उलेख्य हस्तीको उपस्थिति रहेको थियो । गजित विष्ट समूहको डान्ससँगै सुरु भएको सांस्कृतिक कार्यक्रमलाई नारायण कला समूह, हिमाल टेलिभिजन समूह, शिवम् पोखरेल समूह हुँदै शंकर विसी समूहको नृत्यमा टुंगिएको थियो । कार्यक्रममा हास्य कलाकार दीपकराज गिरीले हास्य प्रस्तुति प्रस्तुत गरे । अवार्डमा गत आर्थिक वर्ष निर्माण भएका २६ चलचित्रले सहभागिता जनाएका थिए । निणार्यकमा चलचित्रका लेखक निर्देशक मोहन निरौला, पत्रकार विजय रत्नतुलाधर, नवराज लम्साल, राजेश खनाल र संगीतकार सन्तोष श्रेष्ठ थिए ।
अहिलेका दर्शकले अत्याधुनिक प्रविधिमा डिजिटलाइज्ड भएका चलचित्र हेर्न रुचाउने हुँदा आवश्यकताअनुसार डिजिटल फम्र्याटमा बनेका चलचित्रलाई हौसला प्रदान गर्ने र प्रविधिक रूपमा स्तरीय चलचित्र निर्माण हुन् र सम्बन्धित चलचित्र कर्मी प्रोत्साहित हुन् भन्ने उद्देश्यले अवार्डको आयोजना गरिएको अवार्डका संयोजक शान्ति प्रियले बताए । आगामी वर्ष पनि अवार्ड प्रदान गरिने भएको छ ।

उत्कृष्ट चलचित्र    :    अन्दाज, फार म्युभिज
उत्कृष्ट निर्देशक     :    उज्वल घिमिरे, चलचित्र अन्दाज
उत्कृष्ट अभिनेता     :    सौगात मल्ल, चलचित्र लुट
उत्कृष्ट सह अभिनेता     : ओम प्रतीक, चलदचित्र फर्की आऊ
उत्कृष्ट सहअभिनेत्री     : नीता ढुंगाना, चलचित्र मसान
उत्कृष्ट छायाकार     : पुरुषोतम प्रधान, चलचित्र लुट
उत्कृष्ट सम्पादन     : दीर्घ खड्का, चलचित्र चपली हाइट
उत्कृष्ट नवनिर्देशक     : निश्चल श्रेष्ठ, चलचित्र लुट
उत्कृष्ट नवनायक     : संयम पुरी, चलचित्र सायद
उत्कृष्ट नवनायिका     : विनीता बराल, चलचित्र चपली हाइट
उत्कृष्ट केमियो     : राजेन्द्र खड्गी, चलचित्र दुलही रानी
उत्कृष्ट खलपात्र     : कमल कृष्ण, चलचित्र रावण
उत्कृष्ट चरित्र अभिनेता     : गणेश उप्रेती, चलचित्र फर्की आऊ
उत्कृष्ट चरित्र अभिनेत्री     : संयुक्ता राणा, चलचित्र काठमाडांै
उत्कृष्ट कथा     : आकाश अधिकारी, चलचित्र काडमाडांै
उत्कृष्ट पटकथा     : सुवास सिंह बस्न्यात, चलचित्र अन्दाज
उत्कृष्ट संगीतकार     : दीपक शर्मा, चलचित्र संझिराख है
उत्कृष्ट एरेन्जर     : महाराजा थापा, चलचित्र अन्दाज
उत्कृष्ट पाश्र्वगायक     : राजेशपायल राई,
चलचित्र हाम्रो माया जुनी जुनीलाई
उत्कृष्ट पाश्र्वगायिका     : मान्डवी त्रिपाठी, चलचित्र अन्दाज
उत्कृष्ट गीतकार     : बाबुराम दाहाल, चलचित्र फर्की आऊ
उत्कृष्ट हास्य कलाकार     : विल्सन विक्रम राई, चलचित्र सायद
उत्कृष्ट बाललाकार     : सोनिका पौडेल, चलचित्र देव्यानी
उत्कृष्ट द्वन्द्व निर्देशक     : चन्द्र पन्त, चलचित्र रावण
उत्कृष्ट नृत्य निर्देशक     : शंकर विसी, चलचित्र रावण
उत्कृष्ट कला निर्देशन     : निर्जल श्रेष्ठ, चलचित्र मसान
उत्कृष्ट ध्वनि मिश्रण     : मनोज राज, भन्डारी चलचित्र अन्दाज
उत्कृष्ट पाश्र्व संगीत     : सुनिल बर्देवा, चलचित्र मसान
उत्कृष्ट शृंगार     : सन्तु तामाङ, चलचित्र सायद

प्रतिक्रिया