मिस मंगोललाई एक लाख पुरस्कार

काठमाडौं : सन् २००९ देखि सुरुवात गरिएको मिस मंगोल प्रतियोगिता पाँचाँै संस्करणमा आइपुग्दा केही परिमार्जित भएको छ । आयोजक एक्सन इन्टरटेन्नमेन्टले विगतका वर्षभन्दा यो वर्ष केही परिमार्जन गरिएकको आइतबार होटल मल्लमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष तथा चन्दा घिसिङले मिस मंगोल ०१३ देखि हरेक वर्षका उपाधि विजेतालाई एक लाख नगद पुरस्कारका साथमा तथा अन्य धेरै पुरस्कार र ताज दिइने जानकारी गराइन् । प्रतियोगिताले मंगोलियन समुदायको ध्यान खिच्न सफल भएकाले यो वर्षबाट प्रतियोगिताको नाम फेरिएको र मिस मंगोल नेपाल नामकरण गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा मिस सेर्पा, मिस नेवा, मिस तामाङ, मिस राईलगायत मंगोलियन समुदायभित्र पर्ने सौन्दर्य प्रतियोगिता विजेताले यस प्रतियोगितामा सिधै अन्तिम प्रतिस्पर्धा गर्न पाउने जानकारी गराइयो । आयोजकले आइतबारबाटै आवेदन फर्म खुला गरेका छ । प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरका, एसएलसी पास भएका र पाँच फिट उचाइदेखि माथिका मंगोलियन समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन् । प्रतियोगिताको फाइनल फागुन २६ मा प्रज्ञाप्रतिष्ठानमा हुने छ । (सौस)

प्रतिक्रिया