इन्काउन्टरमा ‘मिस्टर जोन’ ढलेको रात

‘सर ! काठमाडौंमा बम विस्फोट गराउने मै हुँ भन्छ, मिस्टर जोन रे उसको नाम । मुलुकका अन्य सहरमा पनि विस्फोट गराउँछु भन्छ सर, ब्रेकिङ न्युज हाल्नुपर्‍यो ।’ एभिन्युज टेलिभिजनका वीरगन्ज ब्युरो चिफ महेश दासको मोबाइलमा खबर आयो । रौतहटका रिपोर्टर विकास अग्रवालले फोन गरेका रहेछन् । संयोगले म पनि दाससँगै थिएँ, त्यस दिन । घटना हो, १५ भदौ ०६४ को ।
अघिल्लो दिन अर्थात् १४ भदौमा काठमाडौंमा गराइएको शृंखलाबद्ध विस्फोटको त्रास मस्तिष्कमा आलै थियो । घटनाबारे टेलिभिजनमा बाक्लै न्युज बजिरहेका थिए । पर्दामा ब्रेकिङ न्युज कुदिरहेका थिए– ‘बालाजु, त्रिपुरेश्वर र सुन्धारामा शृंखलाबद्ध विस्फोट, मर्नेको संख्या पाँच, दर्जनौँ घाइते……†’ म त्यस बेला वीरगन्जको एसपी । कार्यालयमै बसेर बम विस्फोटबाट त्राहिमाम् भइरहेको काठमाडौंलाई टेलिभिजनमा नियालिरहेको थिएँ । आमनेपाली जस्तै मेरो हृदय पनि विक्षिप्त थियो, घटनाले । बम कसले पड्काएको हो, उद्देश्य के थियो भन्ने खुल्न सकिरहेको थिएन ।
भोलिपल्ट मेरै सामुन्ने त्यो फोन आयो । ‘मिस्टर जोन’ भन्ने व्यक्तिले पत्रकारलाई फोन गर्दै घटनाको जिम्मेवारी लियो । चुपचाप बस्ने स्थिति थिएन । थप सूचनाका लागि दासलाई आग्रह गरेँ । रौतहटबाट पनि केही सूचना संकलन गरे । तुरुन्तै प्रहरी मुख्यालयमा खबर गरेँ । संयोगवश गृह मन्त्रालयमा त्यही बेला विस्फोटकै विषयलाई लिएर बैठक बस्दै रहेछ । सूचना अब बैठकमा पुग्यो । बैठकले तत्कालीन डिआइजी कुबेरसिंह रानाको नेतृत्वमा ‘विशेष टोली’ गठन गर्‍यो । टोली गोप्य रूपमा वीरगन्ज पुगेर क्याम्प बसाल्यो । ‘मिस्टर जोन’ को खोजी सुरु गर्‍यो ।
करिब एक महिना बित्यो, टोली दिनरात नभनी अनवरत खटिइरह्यो । त्यहाँको इन्चार्जका रूपमा मैले पनि आफ्नातर्फबाट सहयोग गरेँ । तर, ‘मिस्टर जोन’ पक्राउ गर्न सकिएन । टोली काठमाडौं फर्कियो । चाहे जुनसुकै उद्देश्यले गराएको विस्फोट होस्, त्यो सबैका नजरमा जघन्य अपराध थियो । अपराधी पक्राउ गर्न नसकेकोमा मनभरि खिन्नताबोध थियो । तर, आफ्नै मनले मलाई यसो पनि भनिरहेको थियो– ‘त्यो अपराधीलाई मैले नै पक्राउ गर्छु ।’
नभन्दै १४ असार ०६५ मा मेरो पोस्टिङ रौतहटमा भयो । विस्फोटको एक वर्ष पुग्न लागिसकेको थियो । थुप्रैले त्यसको पीडा बिर्सिसकेका थिए होलान् । तर, मेरो दिमागलाई त्यो त्रासद दृश्यले झलाई झकझक्याइरहेकै थियो, दुखिरहने घाउ बनेर मलाई झस्काइरहन्थ्यो । घाइतेहरूको कोकोहोलो कानमा गुन्जिरहेझैँ लाग्थ्यो जतिखेरै । सर्वसाधारणको छटपटी आँखैअघि नाचिरहेझैँ लाग्थ्यो । अनि पलपल याद आइरहन्थ्यो– दासको मोबाइलमा आएको फोन अनि ‘मिस्टर जोन’ ।
अब मेरो ध्यान केन्द्रित भयो, ‘मिस्टर जोन’ को गिरफ्तारीतर्फ । सूचना संयन्त्र बन्यो । सुराक परिचालन भए । पत्ता लाग्यो, ‘मिस्टर जोन’ भनिने व्यक्ति रौतहट रघुनाथपुर–३ को स्थायी बासिन्दा कौशल सहनी रहेछ । यसअघि ऊ त्यस क्षेत्रमा ‘लल्ला’ का नामले चर्चित रहेछ । रौतहट इलाका प्रहरी कार्यालयमा धेरै पटक पक्राउ पर्दै छुट्दै गरेको रेकर्ड रहेछ ।
उसको गिरफ्तारीको योजना तयार पारेँ । ‘मिस्टर जोन’ ले आफ्नो प्रभाव निक्कै विस्तार गरिसकेको थियो, मुलुकभरि । बारामा यात्रुवाहक बसभित्र बम बिस्फोट गराई १० जनाको ज्यान लिएको थियो । चन्द्रनिगाहपुरमा पनि बम पड्काएर तीन जनाको ज्यान लिएको थियो । करिब एक वर्षभित्रमै यस्ता डरलाग्दा क्रियाकलापमार्फत उसले सर्वसाधारणको डर अझ बढाइदिएको थियो । उसको नाम लिँदा होस उड्न थालेको थियो मानिसहरूको ।
सूचना संकलन गर्दै गएँ । ऊ बेलाबखत गाउँ आउने–जाने गरेको पत्तो लाग्यो । मेरा ‘इन्टेलिजेन्स’ उसलाई पछ्याइरहेकै थिए । ऊ उठबस गर्ने स्थान पहिचान हुँदै गयो । निक्कै चलाखीपूर्ण तबरले आफ्नो ठाउँ परिवर्तन गथ्र्यो । एकपटक ऊ पोखरामा रहेको सूचना प्राप्त भयो । त्यहाँका तत्कालीन डिआइजी र एसपीलाई तुरुन्तै खबर गरेँ । निगरानी बढेको थाहा पाएपछि ऊ त्यहाँबाट निस्किसकेको रहेछ । पछि चितवनमा छ भन्ने सूचना आयो । खोजी गर्दा त्यहाँबाट पनि फुत्किसकेछ । पछ्याइरहँदा ऊ अक्सर हामीभन्दा अघि हुन्थ्यो, कसोकसो फुत्किहाल्थ्यो । भाग्यो भन्दैमा हामी छोड्नेवाला पनि कहाँ थियौँ र ?
भदौ ८ गते हुनुपर्छ । हामीलाई उसको नयाँ योजनाबारे थाहा भयो । काठमाडौंमा जस्तै पोखरामा पनि शृंखलाबद्ध विस्फोट गराउने तयारी गर्दै रहेछ । त्यसका लागि मिति तोकेको रहेछ, ०६५ भदौ १४ लाई । तुरुन्तै पोखरा प्रहरीलाई खबर गरियो । ऊ केही दिनअघि मात्रै पोखरा आएको खुल्यो । त्यसपछि फेरि चितवनमा देखिएको नयाँ सूचना प्राप्त भयो ।
त्यही बेला मेरै क्षेत्रमा पर्ने रघुनाथपुर–३, वृत्तबजारमा दिउँसै भूपू प्रहरी जवान रामप्रिय सहनीमाथि गोली प्रहार भयो । निकै घाइते भएका सहनीलाई उपचारका लागि अस्पताल लगियो । हामी गोली प्रहार गर्नेको व्यापक खोजीमा लाग्यौँ । पत्ता लागी पनि हाल्यो– सोही गाउँको महेन्द्र सहनीले गोली हानेको रहेछ । सोधपुछ गर्दै जाँदा उसले ‘मिस्टर जोन’कै निर्देशनमा गोली हानेको रहस्य ओकल्यो । ‘मिस्टर जोन’ विरुद्ध प्रहरीलाई सुराक गरेको आशंकामा रामप्रियमाथि गोली हानेको रे † अर्को त्योभन्दा पनि ठूलो रहस्य उसले खोल्यो– त्यस बेला ‘मिस्टर जोन’ गाउँमै आएको रहेछ । पटक–पटक चक्मा दिँदै उम्कने गरेकाले प्रहरी विशेष सतर्क थियो उसप्रति । हामीले दिउँसै गोप्य रूपमा विशेष योजना बनायौँ– ‘मिस्टर जोन’ बस्ने पूरै गाउँ घेर्ने । प्रहरी निरीक्षकको कमान्डमा ७५ प्रहरी खटिने । दिन थियो, भदौ १३ गते ।
योजनामुताबिक प्रहरीले साँझबाटै गाउँ घेराबन्दी गर्‍यो । प्रत्येक घरको खनतलासी लिइयो, ठाउँठाउँमा सुरक्षा ब्लक बनाइयो, प्रत्येक व्यक्तिलाई चेकजाँच गरियो । सर्च अभियान चल्दै गयो । रात छिप्पिँदै गएकाले म क्वार्टरतर्फ फर्किएँ । सेटमा खबर आयो– ‘सर, मिस्टर जोन त इन्काउन्टरमा मारियो, रोजर ।’ मलाई पत्यार लागेन, फेरि सोधेँ । सोही जवाफ दोहोरियो । घडी हेरेँ, रातको दुई बजेको रहेछ । पोसाक लगाएर घटनास्थलतर्फ लागेँ ।
गोली लागेर दुई जना ढलिरहेका रहेछन् । २८–२९ वर्षको देखिने युवकतर्फ संकेत गर्दै प्रहरीले भन्यो, ‘सर, मिस्टर जोन भनिने व्यक्ति त्यही हो ।’ सामान्य जिउडालको त्यो व्यक्ति मिस्टर जोन हो भन्ने मलाई पत्यारै लागेन । स्थानीय प्रहरीलाई सोधेँ । उसले भन्यो– ‘हो सर, मिस्टर जोन यही हो, यसको खास नाम कौशल सहनी, गाउँमा ‘लल्ला’ पनि भन्छन्, पहिले यही गाउँमा जाँड खाएर हुलहुज्जत गथ्र्यो, प्रहरीचौकीमा धेरैपटक समातिएको रेकर्ड छ, हामी राम्रोसँग चिन्छौँ ।’ प्रहरीको भनाइपछि शवको सनाखत भयो । त्यो सामान्य केटो ‘मिस्टर जोन’ नै रहेछ । उसैको योजनामा मुलुकभर १६ जनाले अनाहकमा ज्यान गुमाए, धेरै घाइते भए ।
‘पक्राउ गर्नुपर्नेमा ऊ त मारिए छ नि ?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै प्रहरी बोले– ‘सर, हामी सर्च गर्दै थियौँ, रातको साढे एक बजेको हुनुपर्छ, हाम्रो सुरक्षाघेरा तोड्दै केही व्यक्ति भागिरहेका थिए, हामीेले रोकिन भन्यौँ तर उल्टै फायर पो गर्न थाले । हामी पनि पोजिसनमा आएर फायर गर्न थाल्यौँ । करिब १५ मिनेटको दोहोरो फायरपछि उनीहरूका तर्फबाट गोली चलेन । एक छिन चुपचाप बस्यौँ । घटनास्थलमा हेर्न जाँदा दुई युवा ढलिरहेका रहेछन् । अँध्यारोमा अनुहार नदेखिएपछि टर्च बालेर हेर्दा पहिचान भयो । ढलेका दुईमध्ये एक मिस्टर जोन रहेछ ।’
‘सर † काठमाडौंमा बम विस्फोट गराउने मै हुँ भन्छ, मिस्टर जोन रे उसको नाम । मुलुकका अन्य सहरमा पनि विस्फोट गराउँछु भन्छ सर, ब्रेकिङ न्युज हाल्नुपर्‍यो ।’ एभिन्युज टेलिभिजनका वीरगन्ज ब्युरो चिफ महेश दासको मोबाइलमा खबर आयो । रौतहटका रिपोर्टर विकास अग्रवालले फोन गरेका रहेछन् । संयोगले म पनि दाससँगै थिएँ, त्यस दिन । घटना हो, १५ भदौ ०६४ को ।

प्रस्तुति : टेकराज थामी

प्रतिक्रिया