मेड्रिड : कोलम्बियाकी बहुचर्चित पपस्टार शाकिरा र उनका फुटबलर प्रेमी गेरार्ड पिकले आफ्नो जन्मिइनसकेको शिशुको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरूले शाकिराको गर्भमा हुर्कँदै गरेको छोरा शिशुको अल्ट्रासाउन्ड तस्बिर अनलाइन पोस्ट गरेका हुन् ।
‘हिप्स डोन्ट लाइ’ जस्ता गीतकी गायिका ३५ वर्षीया शाकिराले गत सेप्टेम्बरमा आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । त्यतिबेलादेखि नै शाकिराले आफ्नो गर्भावस्थासित जोडिएका सबै जानकारी निरन्तर आफ्ना प्रशंसकहरूसित अनलाइन सेयर गर्दै आइरहेकी छन् ।
पत्रिका ‘डेली स्टार’ ले जनाएअनुसार, शाकिराका स्पेनिस फुटबलर प्रेमी पिकले अजन्मा आफ्ना छोराको यो तस्बिर अपलोड गरेका हुन् । उनीहरूले तस्बिरसँगै दिएको क्याप्सनमा भनेका छन्, ‘उसको (छोराको) पहिलो तस्बिर… हामी उत्साहित छौं… उ निके मायालाग्दो छ ।’ शाकिरा र पिकबीच पछिल्लो एक वर्षदेखि प्रेमसम्बन्ध चल्दै आइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया