रोल्पामा पाँच किलो चरेर बरामद

रोल्पा, २२ मंसिर । रोल्पाको खुङग्रीमा प्रहरीले लागूऔषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खुङ्ग्रीले शुक्रवार सवारी साधनमा चेकजाँचका क्रममा पाँच किलो चरेससहित दुई महिलालाई पक्राउ गरेको हो । लिवाङबाट दाङको घोराही तर्फ जाँदै गरेको लु.१ ख ४१२९ नम्बरको यात्रुबाहक बसबाट चरेससहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–६ बस्ने १७ वर्षीया पार्वती बुढामगर र रोल्पाको ह्वामा–६ निवासी निरु रोका रहेका छन् । उनीहरुसँग रहेको ५ किलो ५ सय ५० ग्राम चरेस बरामद भएको छ ।

प्रतिक्रिया