मोडलिङसँगै व्यापार

धनगढी अतरिया स्थायी ठेगानाकी एलिना बाँस्कोटा  प्लस टुको  अध्ययन हालै सिध्याएकी छन् भने सँगसँगै उनले मोडलिङलाई पनि अघि बढाइरहेकी छन् । भोजपुरी चलचित्र ‘चण्डी’बाट अभिनय गरेर मोडलिङ दुनियाँमा प्रवेश गरेकी एलिनाले केही म्युजिक भिडियो र विज्ञापन चलचित्रमा अभिनय गरिसकेकी छन् । थड आई इन्टरनेसनलको म्यानेजिङ डाइरेक्टरसमेत रहेकी बाँस्कोटा व्यवसयलाई आफ्नो पेसा बनाइरहेकी छन् । मोडलिङले व्यवसयमा असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘व्यवसय र मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन म सक्दिनँ ।’
सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब इन्ट्रेस्ट थियो ।’ चलचित्रसम्मको यात्रा तय गर्दा आफू खारिँदै गएजस्तो उनलाई लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, म्याचुरिटीको कारण पनि हुनसक्छ,’ उनी भन्छिन् । उनलाई थाहा छ, ग्ल्यामर फोटोसुट गरिएन भने मोडलिङको दुनियाँमा जम्न सकिँदैन । ‘त्यसैले आफूलाई अलि खुलाएकी हँु,’ थोरै लजाउँदै एलिनाले फोटोका लागि पोज दिइन् ।
मन मिले सेक्ससम्बन्ध साधारण भएको बताउने एलिनालाई चलचित्र खेल्ने बाहानामा घुम्न जाने प्रस्तावसम्म आउने गरेका रहेछन् । ‘तर, ती प्रस्ताव सिधै रिजेक्ट गर्छु,’ उनले सुनाइन् । अभिनय चाहनेले सेक्स नखोज्ने र सेक्स खोज्नेले अभिनय नचाहेको उनको अनुभव छ । ‘सेक्सविना जीवन सम्भव छैन, यो दुई आत्माको मिलन हो,’ दार्शनिक मुद्रामा उनले भनिन् । उसो त सेक्सलाई ‘बायोलोजिकल निड’ पनि मान्छिन् उनी । सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन् होला ? कुतूहल मेट्न लजाउँदै उनले भनिन्, ‘नो वे † कहाँ सेक्सको अनुभव हुनु ।’ फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रोमाइज’ गर्नेखालकी केटी नभएको उनी निर्धक्कसाथ बताउँछिन् । बजारको मागअनुसार नयाँ फिल्मले सेक्सलाई प्राथमिकता दिइरहेका बेला उनी भने गम्भीर भूमिकामा देखिन चाहन्छिन् ।
तस्बिर : ज्ञानेन्द्र कार्की

प्रतिक्रिया