धादिङमा प्रहरी माथि आक्रमण

धादिङ, २२ मंसिर । धादिङको बेनीघाट–८, बिशालटारमा प्रहरी माथि स्थानीयले आक्रमण गरेर हतियार केही समय आफ्नो नियन्त्रणमा राखेका छन् ।
लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट खट्टिएको प्रहरी निरीक्षक कृष्णगोपाल पनेरुसहित १४ जनाको टोली माथि बिहीबार राति स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएका छ । आक्रमणबाट प्रहरी सवार गाडीको अगाडिको सिसा चर्किएको छ ।
स्थानीयको आक्रमणमा प्रहरी निरीक्षक पनेरु, सहायक निरीक्षक कृष्णसुन्दर विष्टलगायत १४ जना परेका थिए ।
नेपालगञ्ज जाँदै गरेको बा.१ ग २४८५ नम्वरको माइक्रोबस र ना.४ ख ८१११ नम्वरको ट्रकबीच ओभरटेकको विषयमा विवाद भइरहेका समयमा पुगेको प्रहरी माथि आक्रमण भएको थियो ।
उत्तेजित भीडले प्रहरी निरीक्षक कृष्णगोपाल पनेरुको पेस्तोल र अर्को १ नाल पेस्तोल खोसेर ४ जना प्रहरीलाई नियन्त्रणमा लिएका थिए ।
ईलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बेनीघाट खट्टिएको प्रहरी टोलीले हयितार र प्रहरीलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरी नायव निरीक्षक जीवलाल पाण्डे, बंशीराज आचार्य, प्रहरी सहायक निरीक्षक खिलबहादुर दुलाल र प्रहरी हवल्दार खिलबहादुर कार्की घाइते भएका थिए ।

प्रतिक्रिया