विवाह हल्ला मात्र हो : सोहा अली

नयाँ दिल्ली : बलिउड अभिनेता सैफ अली खानले अभिनेत्री करिना कपुरसँग विवाह गरेको धेरै समय भएको छैन । यो अर्थमा पनि उनका घरमा विवाहको रौनक सेलाउन पाएको छैन । तर, उनको घरमा फेरि विवाहको रौनक छाउने हल्ला भने बलिउडमा छाएको छ । यतिखेर फेरि सैफ अलीकै विवाहको हल्लाले बलिउडमा स्थान पाएको भने होइन । अहिले छायको विवाहको हल्ला सैफ अलीकी बहिनी अभिनेत्री सोहा अली खानको हो । सोहाले अर्काे वर्ष आफ्नो ब्वायफ्रेन्ड कुणाल खेमुसँग विवाह गर्न लागेको हल्लाले बलिउड बजार राम्रैगरी तातेको छ । तर यो हल्लालाई सोहाले ‘मात्र हल्ला’ भएको र आफ्नो अहिले विवाह गर्ने कुनै विचार नरहेको बताएकी छन् ।
सोहा र कुणाल पछिल्ला दुई वर्षदेखि एकअर्कासँग डेटिङ गरिरहेका छन् । ‘म र कुणाल एक अर्कासँग निकै नजिकिएको भए पनि अहिले नै विवाह गर्ने समय भने भएको छैन,’ सोहाले भनिन्, ‘मैले धेरै चलचित्र साइन गरेकी छ,ु जसको सुटिङ सुरु हँुदै छ ।’ सोहाले अर्सद वारसीसित जोडी बनाएर कमेडी चलचित्र ‘जो भी करवालो’ मा अभिनय गर्दै छिन् । यस चलचित्रमा उनको पुलिस भूमिका छ । सोहाले हालै दाजु सैफको प्रोडक्सन हाउसले बनाएको चलचित्र ‘गो गा गान’ को सुटिङ पनि पूरा गरेकी छन् । यस चलचित्रमा उनी कुणालकै साथमा देखिँदै छन् ।

प्रतिक्रिया