गोरु चराउँदा करेन्ट लागेर मृत्यु

गुल्मी, १९ मंसिर । गुल्मीको पिपलधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तारमा क्षमता भन्दा बढि करेन्ट बगेपछि पिपलधारा–५ का ५० वर्षीया तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
करेन्ट लागेका थापाको घटनास्थलमै मृत्यु भएको स्थायीन मनोज श्रेष्ठले बताए । सोमबार गोरु चराउन गएका थापालाई राति विद्युत्को तार नजिकै शरीर जलेको अबस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया