रिहानाको प्रेमकथा

हलिउडकी चर्चित गायिका तथा अभिनेत्री रिहानाको प्रेमप्रसंग यतिबेला चर्चाको विषय बनिरहेको छ । सुरुमा उनको प्रेमसम्बन्धबारे आशंका मात्र व्यक्त भइरहेका हुन्थे । रिहानाले हालै मात्र ‘आर एन्ड बी’ फिल्मका स्टार क्रिस ब्राउनसित खिचिएको आफ्नो अन्तरंग तस्बिर ट्विटर पेजमा राखेकी छन् । यो तस्बिर सार्वजनिक भएलगत्तै ती अमेरिकी नायक–अभिनेतासँग बढ्दो प्रेमसम्बन्धबारे व्यक्त भइरहेका आशंकाको पनि समाधान भएको छ ।
‘डेलिमेल’ पत्रिकाले जनाएअनुसार रिहानाले ट्विटर र इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा उनी ब्राउनको गालामा चुम्बन गरिरहेको देखिन्छ । २४ वर्षीया रिहानाले २३ वर्षीय ब्राउनलाई मायालु भाकामा आफ्नो ‘बेबी’ भन्न थालेकी छन् । त्यस्तै अर्को तस्बिरमा रिहानाले ब्राउनको घाँटीमा मालाजस्तो बनाएर हात राखेको देखिन्छ । (एजेन्सी)
बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमार प्रदर्शनको तयारीमा रहेको आफ्नो नयाँ चलचित्र ‘खेलाडी ७८६’ को प्रमोसनका सिलसिलामा नायिका आसिनका साथ नृत्य गर्दै । तस्बिर : एजेन्सी

प्रतिक्रिया