एकाउन्न हजारको बाल विवाह

नुवाकोट, १८ मंसिर । नुवाकोट जिल्लामा अझै पनि बाल विवाह कायम रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकअनुसार नुवाकोटको जिल्लामा ५१ हजार ४ सय ५४ जनाले बाल विवाह गरेका छन् । उनीहरूको विवाह १० वर्ष भन्दा कम उमेरमा भएको छ ।
बहुविवाह गर्नेहरूको संख्या चार हजार ५९ रहेका छन् । पुरुषको संख्या अत्यधिक रहेको छ । पुरुष तीन हजार ३ सय ४० र महिला ७ सय १९ जनाले बहुविवाह गरेको तथ्यांक सार्वजनिक भएको छ ।
पुनःविवाह गर्नेको संख्या चार हजार ९ सय ६८ रहेका छन् ।
सम्बन्ध बिच्छेद गर्नेमा पुरुष २ सय ९८ र महिला ९६ गरी २ सय ९८ जना रहेको जिल्ला तथ्यांकमा उल्लेख छ । (तस्विर गुगल)

प्रतिक्रिया