नेपालगन्ज, १८ मंसिर । बाँके जिल्लामा विभिन्न निकायबाट विद्यालय भर्ना अभियान सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।
बसाइँसराइ हुनु, सबैलाई छात्रवृति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेको पाइएको छ ।
अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी जिल्ला शिक्षा कार्यालयले केन्द्रसँग आवश्यक शैक्षिक सामग्री तथा छात्रवृति माग गरेको छ ।
गत शैक्षिक सत्रको विद्यालय भर्ना अभियानअन्तर्गत ७ सय भन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गरिएकामा १५ प्रतिशतभन्दा बढीले विद्यालय छाडेको कार्यालयको तथ्यांकले जनाएको छ ।
प्रतिक्रिया