नुनथर एफएममा चोरी

रौतहट : चन्द्रनिगाहपुरस्थित नुनथर एफएममा चोरी भएको छ । १०–१५ जनाको समूहमा आएका चोरले दुई लाख रुपियाँ बराबरको धनमाल चोरी गरेर लगेको समाचार सम्पादक फणि महतले बताए ।  शुक्रबार राति करिब १२:३० बजे कर्मचारी सुतिसकेको समयमा एफएम कार्यालयको पछाडिको भागबाट भित्र पसी कोठाको ताल्चा फोडी कम्प्युटर दुई थान, ल्यापटप एक थान, रेर्कडर एक थान धनमाल चोरी भएको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया