हत्यामा संलग्न ६ जना पक्राउ

जाजरकोट, १६ मंसिर । जाजरकोट जिल्ला अर्छाने–७ का ५२ वर्षीय पृथ्वीबहादुर बस्नेतको हत्या अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पुरानो रिसइबीका कारण शुक्रबार स्थानीयले ६ जनाले बस्नेतलाई कुटपिट गरी हत्या गरेका थिए । उनीहरु मध्ये चार जनालाई शुक्रबार राति र दुई जनालाई आज विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्छाने–८ का ३४ वर्षीय रिमबहादुर सिंह, २८ वर्षीय सिपबहादुर सिंह, २५ वर्षीय हरिबहादुर सिंह, २२ वर्षीय छक्कबहादुर सिंह, ४२ वर्षीय नयनबहादुर चदरा, ३० वर्षीय अमरबहादुर चदरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया