दाहालले प्रधानमन्त्री बाँड्दै हिंडेः अध्यक्ष केसी

काठमाडौं, १६ मंसिर । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई प्रधानमन्त्रीको पद बाँडदै हिडेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष केसीले भने, ‘अध्यक्ष दाहालले आजभोलि सहमतिको नाममा झगडा बढाउन प्रधानमन्त्रीको पद बाँड्दै हिड्नु भएको छ ।’ उनले एमाओवादीलाई समतीय संस्कारमा ध्यान दिन पनि आग्रह गरे ।
उनले एमाओवादीका कारण अहिलेको राजनीतिक गतिरोध अन्त्य नभएको उल्लेख गरे । ‘कांग्रेस–एमालेको गठबन्धनमा पनि प्रधानमन्त्रीकै लागि झगडा भईरहेको छ,’ उनले भने, ‘उनीहरुमाथि पनि विश्वास गर्ने अवस्था रहेन ।’

प्रतिक्रिया