नदीमा बगेर बालिकाको मृत्यु

बाजुरा, १५ मंसिर । बुढीगंगा नदीमा बगेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाशमाण्डौ–९, पौमाकी ९ वर्षीया रेखाकुमारी नेपाली रहेकी छन् ।
रेखाको शुक्रबार विहान करिव ९ बजे कैलाशमाण्डौ घरबाट ब्रह्मतोलाको मलातीमा आउने क्रममा काठेपुलबाट खसेर नदीमा बग्दा मृत्यु भएको स्थानीय हेमबहादुर केसीले बताए ।
आफन्तसँगै चामल लिन मलाती बजार आउँदै गर्दा बुढीगंगा नदीको काठेपुलबाट खुट्टा चिप्लीएर रेखा खसेकी हुन् ।
उनी पार्वती मावि कैलाशमाण्डौमा कक्षा ३ मा अध्ययनरत थिईन ।

प्रतिक्रिया