इलामका साउदेनको कतारमा मृत्यु

इलाम, १५ मंसिर । वैदेशिक रोजगारका क्रममा कतारमा रहेका इलामका एक युवाको सवारी दुर्घटनामा ज्यान गएको छ ।
इलाम सुलुबुङ्ग–८ का ३५ वर्षीय चुडामणी साउदेनको कार दुर्घटनामा परेर ज्यान गएको उनकी बहिनी सम्झना साउदेनले जानकारी दिईन । कतारको दोहास्थित सिनो हाइड्रो कम्पनीमा कार्यरत साउदेन २१ तारिखमा दुर्घटनामा परेका थिए ।
साउदेनकी पत्नी एक छोरा र दुई छोरी छन् । उनी चार वर्षअघि पाथीभरा ओभरसिज म्यानपावर कम्पनीमातर्फत कतार गएका थिए ।

प्रतिक्रिया